काठमाडौँ। मानवाधिकार तथा शान्ति समाजले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै विगत १२ दिनदेखि आमरण अनशनरत प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।
समाजका संस्थापक सभापति कृष्ण पहाडी, वर्तमान सभापति गङ्गाधर अधिकारी लगायतको टोलीले आज अनशनस्थल त्रिभुवन विश्वविद्यालय पुगेर प्रा डा केसीको स्वास्थ्यस्थितिका बारेमा गम्भीर चासो व्यक्त गर्दै माग सम्बोधन गर्न सरकारसँग माग गरेको हो ।
दिनप्रतिदिन डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै गइरहेको परिस्थितिमा थप अनर्थ हुन नदिन शान्ति समाजले व्यवस्थापिका–संसद् सरकार र सबै राजनीतिक दललाई आग्रह गरेको सभापति अधिकारीले जानकारी दिए । समाजले यसअघि पनि प्रा डा केसीको आमरण अनशनबारे ध्यानाकर्षण गराएको थियो । रासस