काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानमा नयाँ सरकार बन्ने प्रस्ट बाटो रहेको बताएका छन् । संसद बैठकमा बोल्दै दाहालले नयाँ संविधानको धारा २९८ र अन्तरिम संविधानको धारा ३८ एउटै भएको बताए ।
उनले भने, ‘नयाँ संविधानको मन्त्रिपरिषद् गठन सम्बन्धि धारा अन्तरिम संविधानको धारा ३८ को फोटो कपि हो । केही फरक छैन । २९८ को (१) बाहेकका सबै उपधारा कुनै फकर छैन ।’ विगतमा कसरी सरकार बने ?
एमाले निकट कानुनविद्हरुले सरकार गठनको प्रावधान नै छैन भने भ्रम छर्नु भो, दाहालले भने, ‘पायो भन्दैमा भित्तामै पुर्याउने काम त गर्नु भएन नी ! यो कसलाई झुक्याउन खोजिएको हो । आफैलाई हो की ? ।’ हामीले भरखरै पारित गरेको नियमावलीमा समेत स्पस्ट व्यवस्था छ । दिउँसै रात पार्नु त भएन नी !
अब हामीले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्यायौं भन्दैमा सम्बन्ध भत्काउन खोजेका होइनौं । आजै देखि कांगे्रस एमालेसंग बसेर छलफल थाल्छौं । फेरि पनि राष्ट्रिय सहमतिका लागि हामी तयार छौं । यो अविश्वास प्रस्ताव राष्ट्रिय सहमतिकै लागि प्रेरित भएर आएको हो । दाहालले भने, ‘बाहिर हल्ला भएको जस्तो कुनै षड्यन्त्र र खेल भएको होइन ।’