- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इलाम । इलामको देउमाई नगरपालिका-५ बारुङमा एक व्यक्तिले मंगलवार श्रीमती र छोरीको हत्या गरेका छन् । स्थानीय ३४ वर्षीय कमल भन्ने पूर्णचन्द्र तामाङले पत्नी सीता र छोरी दीक्षाको हत्या गरेका हुन् ।
एक महिनादेखि धामी बस्दै आएका पूर्णबहादुरले गएराति पहिला श्रीमतीको हत्या गरेपछि छोरीको पनि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
तामाङले आफ्नो घरमा पालेको कुकरको समेत हत्या गरेका थिए । धामी बस्ने क्रममा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीले अभियुक्तसहित उनका बुबाआमा र दुई दिदीबहिनीलाई पनि नियन्त्रणमा लिएको छ ।
घटना मंगलवार बिहानै भएको र उज्यालो भएपछि स्थानीयवासीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।