arrow

हेटौँडा–कुलेखानी राजमार्ग अवरुद्ध

logo
प्रकाशित २०७३ साउन ८ शनिबार
hetuda-kulekhani.jpg.jpeg
हेटौँडा। गएराति परेको वर्षाले हेटौँडा–कुलेखानी राजमार्गअन्तर्गत सिस्नेरी–४ अमलडाँडा र थाखेल सडकखण्डको सुकौरामा पहिरो पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ।
 
आज बिहान ४ बजे गएको पहिरोले राजमार्ग अवरुद्ध भएपछि हेटौँडाबाट काठमाडौँतर्फ आउने सवारी साधन त्रिभुवन राजपथबाट सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
 
मौसम अनुकूल भएमा आज अपराह्नबाट सिस्नेरी र थाखेलको यातायात सेवा सञ्चालन हुने सक्ने अनुमान गरिएको छ। यस सडक खण्डमा दैनिक ८०० सवारी साधान आवतजावत हुने गर्छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ