arrow

पाँचथरमा एक वर्षको अवधिमा ६८ जना महिला र बालवालिका हराए

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ साउन ८ शनिबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर।पाँचथरमा एक वर्षको अवधिमा ६८ जना महिला तथा वालवालिका हराएका छन्। गत आर्थिक वर्ष ०७२÷०७३ मा जिल्ला प्रहरी कार्यालय पाँचथरले निकालेको तथ्याङकमा ५७ महिला,६ बालक र ५ बालिका हराएको उजुरी परेको प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार ५७ महिला हराए मध्ये ३० महिला फेला परेको,६ बालक हराएमध्ये ४ बालक फेला परेको र ५ बालिका हराए मध्ये २ बालिका मात्रै फेला परेका छन् । अझै २७ जना महिला, २ बालक र ३ बालिका गरी ३२ जना महिला तथा बालवालिका हराइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरी नायव उपरिक्षक कोइरालाले भन्नुभयो,“हराएका मध्ये अधिकांश महिलाहरु अर्के सँग घरजम गरेको र कतिपयले नयाँ जिवन शुरु गरी आफन्तसँग सम्पर्क नगरी बस्ने गरेको पाइएको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ