arrow

सुदूरपश्चिमका राज्यमन्त्री सुनार र शिक्षक सङ्गठनका इन्चार्ज जोशीले गरे शिक्षा मन्त्रीसँग छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
Man-devendra-education-SP.jpg

काठमाडौं। सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनारले सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । 

बिहीबार काठमाडौँमा राज्यमन्त्री सुनारसँगै नेपाल शिक्षक सङ्गठनका निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज कृष्णदत्त (बोक्सर) जोशी, कञ्चनपुरका समाजसेवी पूर्णानन्द जोशीलगायतको टोलीले मन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन् ।

सुदूरपश्चिमका विभिन्न मुद्दाहरू बोकेर राज्यमन्त्री सुनारको टोलीले सम्पूर्ण सङ्घीय मन्त्रीहरूसँग छलफल गर्ने क्रममा बिहीबार शिक्षा मन्त्री पौडेलसँग भेटवार्ता गरेको हो । भेटका क्रममा राज्यमन्त्री सुनारको टोलीले शिक्षा र क्षेत्रका कर्मचारीहरूको तलब नपाउने एवं नबढ्ने समस्यालाई लिएर गम्भीर ध्यानाकर्षण गराएको छ ।

उनीहरूले बाल विकास,विद्यालयका कर्मचारी, राहत, निजी क्षेत्रका कर्मचारी, मा।बिका शिक्षक एवं अस्पताल क्षेत्रमा कार्यरत कर्मचारीहरूमाथि सरकारी स्तरबाटै भेदभाव भएको भन्दै यो विषयलाई गम्भीरताका साथ लिएर यस क्षेत्रको समस्या समाधानका लागि आग्रह गरेका छन् ।

मन्त्री पौडेलले शिक्षाका क्षेत्रमा रहेका समस्याहरूलाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको राज्यमन्त्री सुनारले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ