arrow

अहिले राष्ट्रिय सहमतिको खाँचो छ– नेता नेपाल

logo
प्रकाशित २०७३ साउन ८ शनिबार
madhavnepal.jpg.jpeg
काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकमा नयाँ ढङ्गबाट अहिले राष्ट्रिय सहमति कायम गरेर अघि बढनुपर्ने आवश्यकता रहेको बताएका छन् । 
 
प्रधानमन्त्री विरुद्ध व्यवस्थापिका–संसद्मा हिजो पेस भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा आज भाग लिँदै उनले भने  –“देश डुब्न लागेको छ, देशलाई बचाउने मान्छे कोही पनि छैन, एउटा पार्टी अहिले गुटमा परिवर्तन भइरहेको छ, हामी जालझेलमा लागिरहेका छौँ, आग्रहबाट प्रेरित भएर आरोप लगाउन अब सबैले छोड्नुपर्छ ।” 
 
नेपालको स्वाभिमान उठाउने र अन्तर्राष्टिय क्षेत्रमा मुलुकको छवि विस्तार गर्ने काममा सबै जुट्नुपर्ने आवश्यकता औल्याउँदै नेता नेपालले संविधानको रक्षा र कार्यान्वयनका लागि राजनीतिक निर्णयका आधारमा अघि बढनुपर्छ भने । 
 
नेकपा (माओवादी) केन्द्रले हतारमा ल्याएको अविश्वासको प्रस्तावमाथि प्रमुख प्रतिपक्षले हस्ताक्षर गरेर अघि बढाउने कार्य त्रुटीपूर्ण रहेको बताउँदै उनले जोसुकैबाट गरिएको भए पनि राष्ट्रिय हितमा गरेका कामको मूल्याङ्कन हुन आवश्यक रहेको औलाए । 
 
मुलुक बनाउने, प्रणालीमा लैजाने काममा सबै बीच सहमति कायम गरेर अघि बढाउनुपर्ने आवश्यकता बताउँदै नेता नेपालले नियुक्ति, सरुवा, बढुवा, ठेक्काप्रणालीलाई विधि र प्रक्रियामा लैजान सबैबाट प्रतिवद्धता आउन जरुरी छ भने । 
 
एकअर्काको चिन्ता, भावना बुझनसक्ने हो भने देश र जनतालाई मिलनविन्दुमा राखेर काम गर्ने भए असम्भव केही पनि छैन, राष्ट्रिय हितलाई केन्द्रविन्दुमा रहेर काम गर्न आवश्यक छ– नेता नेपालले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ