arrow

काँग्रेस–माओवादी गठबन्धन ‘जगबिनाको गजुर’ :योगेश भट्टराई

logo
प्रकाशित २०७३ साउन ८ शनिबार
yogesh-bhattarai-600x0.jpg.jpeg
काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नयाँ बन्ने गठबन्धन जगबिनाको गजुर भएको  जिकिर गरेका छन् । एमाले सञ्चार इलाकाको विस्तारित बैठकलाई आज  सम्बोधन गर्दै पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) मिलेर वर्तमान सरकार ढाल्ने कार्य सुरु गरे पनि आफ्नो पार्टी त्यसबाट नअत्तालिने स्पष्ट पारे । 
 
उनले काँग्रेस र माओवादीबीचका भाषा र शैलीकै भिन्नताका कारण उनीहरुको गठबन्धन दिगो हुन नसक्ने टिप्पणी गर्दै अल्पमतमा परिसकेपछि एमाले सशक्त प्रतिपक्षमा बस्न तयार रहेको जनाए । उनले भने , “एमाले लोकतान्त्रिक पार्टी हो, अविश्वासको प्रस्ताव आइसकेपछि सरकारमा रहँदैन भन्ने हामीलाई थाहा छ । नयाँ सरकार गठनका लागि संविधानको अस्पष्टताबारे हामीलाई चिन्ता छैन । त्यसमा केही समस्या भएमा राष्ट्रपति वा सर्वोच्च अदालतबाट फुकाउने काम होला । हामी कतै गुहार्न जाँदैनौँ । एमाले प्रतिपक्षी भूमिकामा ‘च्याम्पियन’ पार्टी हो । त्यही स्थानमा हामी बस्न तयार छौँ ।”रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ