arrow

रोनाल्डोको गोलमा टोटनह्यामविरुद्ध युनाइटेडको एकतर्फी खेल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
ronaldo-man-utd-20211.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले टोटनह्याम हट्सपरविरुद्ध एकतर्फी खेल खेलेको छ । शनिबार राति भएको खेलमा युनाइटेड ३–० गोल अन्तरले विजयी भयो । 

पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो हावी भएको खेलमा युनाइटेडले सहज जित निकालेको हो । खेलमा रोनाल्डोले एक गोल गरे । उनले खेलको ३९ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा उत्कृष्ट गोल गरेका थिए ।

खेलको ६४ औं मिनेटमा रोनाल्डोको पासमा एडिन्सन काभानीले गोल गरे । त्यस्तै खेलको ८६ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गरे । 

शनिबारका अन्य खेलको नतिजा–
लेस्टर सिटी ०–२ आर्सनल
बर्नली ३–१ ब्रेन्टफोर्ड
लिभरपुल २–२ ब्राइटन एन्ड होभ आल्बियन
म्यान्चेस्टर सिटी ०–२ क्रिस्टल प्यालेस
न्यूकासल युनाइटेड ०–३ चेल्सी 
वाट्फोर्ड ०–१ साउथह्याम्पटन

अंक तालिका–
चेल्सी २५ अंकसहित पहिलो, लिभरपुल २२ अंकसहित दोस्रो, म्यान्चेस्टर सिटी २० अंकसहित तेस्रो, वेष्टह्याम १७ अंकसहित चौथो स्थानमा छ । 

म्यान्चेस्टर युनाइटेड १७ अंकबाट पाँचौं, आर्सनल १७ अंकबाट छैटौं, ब्राइटन १६ अंकबाट सातौं तथा टोटनह्याम १५ अंकबाट आठौं स्थानमा छ । 

आइतबारका खेल–
नर्विच सिटी र लिड्स युनाइटेड
एस्टन भिल्ला र वेष्टह्याम
वुल्भरह्याम्पटन र एभर्टन 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ