arrow

दुम्सी भनेर हानेको बन्दुकले बालकको मृत्यु

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ साउन ८ शनिबार
gun-1.jpg.jpeg
बझाङ। बन्दुकको गोली लाग्दा १२ बर्षीया बालकको ज्यान गएको छ । विहीबार बेलुका जयपृथ्वी नगरपालीका वडा नम्बर ६ मयान बस्ने २५ बर्षीया बिक्रम रोकाया ले चलाएको बन्दुकको गोली लाग्दा जयपृथ्वी नगरपालीका वडा नम्बर ६ मयाना बस्ने १२ बर्षीया विजु रोकायाको घटना स्थलमा नै ज्यान गएको हो ।
 
 प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दका अनुसार घर नजीकै रहेको जंगलमा जंगली जनावर दुम्सी मार्न गएका बेलामा जंगलको ओडार बाट खस खस आवाज आए पछि बिक्रम रोकायाले अन्धा धुन्द गोली चलाउँदा बालकको ज्यान गएको बताए ।
 
बालकको पेटमा गोली लागेको लागेको छ । बिक्रम रोकायालाई सोध पुछका क्रममा बुझ्दा दुम्सी मार्नका लागी आफु एक्लै जंगलमा गएको र बालक जंगलमा गएको बारे आफुलाई थाहा नभएको बिक्रम रोकायालाई उद्धरीत गर्दै डिएसपि चन्दले जानकारी दिए । जंगलमा पुगे पछि खस खस दम्सी हीडेको आवाज जस्तो लागेर गोली चलाउदा बालकको पेटमा गोली लागेको र बालकको घटना स्थलमा नै मृत्यु भएको उनले बताए ।
 
घटना बारे थप अनुसन्धान भै रहेको र घटना स्थल तर्फ प्रहरी नायब निरीक्षक मिन बहादुर सिहँको कमान्डोमा ७ जनाको प्रहरी टोली घटना स्थलमा पुगी सकेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । गोली चलाउने विक्रम रोकायालाई भने प्रहरीले नियन्त्रणमा लिएको डिएसपि चन्दले जानकारी दिएका छन् । बालकको शब पोष्टमाटमका लागी जिल्ला अस्पताल सिमखेत तर्फ ल्याउने काम भै रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ