arrow

९ अर्ब बढीको सेयर कारोबार

logo
प्रकाशित २०७३ साउन ८ शनिबार
Nepal-Stock-exchange.jpg.jpeg
काठमाडौँ । धितोपत्र बजारमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५३ अङ्कले बढेर अन्तिम दिन एक हजार ७९८ अङ्कमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५१ कम्पनीको रु नौ अर्ब तीन करोड ६९ लाख २४ हजार बराबरको कारोबार भएको छ । कुल एक करोड ४६ लाख ३३ हजार ४६० कित्ता सेयर खरिद बिक्री भएका छन् । 
 
कारोबार रकम गत साताभन्दा ४९.६४ प्रतिशत बढिरहेको छ । गत साता १५९ कम्पनीको रु छ अर्ब चार करोड ६८ लाख ७४ हजार बराबरका एक करोड एक लाख ६७ हजार ९४० कित्ता सेयर खरिदबिक्री भएका थिए । 
 
यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १२.८० अङ्कले बढेर ३८७.६५ अङ्कमा आइपुगेको छ । स्कटका अनुसार वाणिज्य बैंक ७०.५६, विकास बैंक २८.५३, वित्त १२.५४, होटल १२.७४, बिमा ३७७.८७ र उत्पादनमूलक २०६.७७ प्रतिशतले सेयर बढेको छ । 
 
यस्तै जलविद्युत् १७.२३ प्रतिशतले सेयर कारोबारमा कमी आएको तथा व्यापार समूहको कुनै परिवर्तन नआएको स्टकले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ