arrow

अफगानिस्तानको काबुलमा शक्तिशाली विष्फोट, २० को मृत्यु

विष्फोट आत्मघाती

logo
प्रकाशित २०७३ साउन ८ शनिबार
kabul-new-attac.jpg.jpeg
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा प्रदर्शनबीच भएको शक्तिशाली विष्फोटमा कम्तिमा २०  जनाको मृत्यु भएको छ ।  एक सय ५० बढी घाइते भएका छन् । विष्फोट भएको क्षेत्रमा अल्पसंख्यक हजारा समुदायका कयौं व्यक्ति प्रदर्शन गरिरहेका थिए ।
 
हजार समुदायका नागरिकले विद्युत विस्तारको नयाँ लाइनलाई आफ्नो प्रान्तबाट हटाउने सरकारी निर्णय विरुद्ध र्याली निकालेकै बेला विष्फोट भएको हो । 
 
प्रहरी अधिकारीहरुका अनुसार विष्फोट आत्मघाती थियो । सामाजिक संजाल ट्वीटरमा देखिएका तस्वीरमा कयौं भाइते जमिनमा लडेका छन् । घाइतेको संख्या यकिन भएको छैन । 
 
हजारा समुदायका नागरिक कयौं पटक कथित भेदभाव र हिंसाको सिकार हुँदै आएका छन् । केही साता अघि मात्रै काबुलमा भएको विष्फोटमा १३ नेपालीको मृत्यु भएको थियो । त्यसपछि पनि आत्मघाती आक्रमण भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ