arrow

राप्रपाले पनि सरकारबाट समर्थन फिर्ता लियो

logo
प्रकाशित २०७३ साउन ८ शनिबार
lokendra-chand.jpg.jpeg
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले दिँदै आएको समर्थन फिर्ता लिएको छ । 
 
पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय चावहिलमा बसेको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिए । 
 
राप्रपाबाट श्रम तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दीपक बोहोरा र वाणिज्य मन्त्रालयको नेतृत्व जयन्त चन्दले सम्हाल्दै र्आएका थिए । बोहरा शनिबार संसद बैठकमा मन्त्रीको आसनमा उपस्थित थिए । उनी संसदमा हुँदै पार्टीले यस्तो निर्णय गरेको हो ।  
 
बैठकले व्यवस्थापिका–संसद्मा टेबल गरेको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न पार्टीको विधानअनुसार संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ । उक्त पार्टीबाट व्यवस्थापिका–संसद्मा १२ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ