arrow

‘सर्लाही घटनाः मानवअधिकारको गम्भीर उल्लङ्घन’

logo
प्रकाशित २०७३ साउन ८ शनिबार
Nepals-National-Human-Rights-Commission.jpeg.jpeg
काठमाडौँ। सर्लाहीको धरहरा मूर्तिया क्षेत्रमा बर्सौँ देखि बस्दै आएका ‘सुकुम्बासीमाथि भएको ज्यादती’बाट मानवअधिकारको गम्भीर उल्लङ्घन भएको ठहर गरिएको छ । 
 
गत असार २१ गतेका घटनाका सम्बन्धमा जनअधिकार अभियान र काहुरास्टले संयुक्त रूपमा गरेको स्थलगत अध्ययन प्रतिवेदन आज पत्रकार सम्मेलन गरी ती संस्थाले घटनापछि राजनीतिक दलको उदासीनताका आधारमा सरकार र प्रतिपक्षमा रहेका राजनीतिक दलको पूर्वाग्रहको आधारमा घटना भएको प्रस्ट भएको जनाए । 
 
छ सदस्यीय स्थलगत भ्रमण टोलीले घटनाको अध्ययनपछि घाइतेको तत्काल निःशुल्क उपचार गर्नुपर्ने, ज्यादतीबाट बालीनाली, घरटहरा, सवारी साधन लगायतमा पुगेको क्षतिको उचित क्षतिपूर्ति दिनुपर्ने र ज्यादती गर्ने तथा गर्न आदेश दिनेविरूद्ध कानुनी कारबाही गर्नुपर्ने सुझाव समेत दिएको छ । 
 
सुकुम्बासी तथा परियोजना क्षेत्रमा बसोवास गर्दै आएका जनताको श्रम शोषण गरिएको तर उनीहरूको उचित व्यवस्थापन गर्न नसकिएको अध्ययनका क्रममा देखिएको अभियानका उपाध्यक्ष देवबहादुर पौडेलले जानकारी दिए। सो प्रकरणमा प्रहरीबाट २८ जना घाइते भएको अध्ययनले देखाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ