सर आजबाट रासन सकियो र तिमीले गर्ने शासन पनि
शेखर कास्यप,
प्रकाशित मिति : २०७३ श्रावण ८ शनिबार
सर आजबाट रासन सकियो
र तिमीले गर्ने शासन पनि
अब म कुनै रासन र सासनमा रहन चाहान्न
तिमी आफ्नै ठाउँमा आसन लेऊ
अब मलाई तिम्रो शासनको आवश्यकता छैन
र नलाउ पनि
तिमी आफ्नो व्यवस्था आफै गर
गफले पेट भरिँदैन
त्यो पनि बुझ
कहिले तिम्रा जिउ दुख्ने
कहिले तिम्रा नारी गल्ने
हिड्नु पर्दा खुट्टा झर्ने
खाएपछि मुख चल्ने
सुत्न पाउदा ओछ्यान बिजाउने
ननुहाउँदा जिउ चिलाउने
भन्दा खेरि तौलिया गन्हाउने
हल्लाको सीमा नाघेर कोठै हल्लाउने
व्यवस्थापनमा जिरो
सोच्ने आफुलाई हिरो
सरसफाईमा त कुरै नगरौ
तिमी त रहेछौ फोहोरी किरो
त्यसैले, सर आजबाट रासन सकियो
र तिमले गर्ने शासन पनि
अब म कुनै रासन र सासनमा रहन चाहान्न
तिमी आफ्नै ठाउँमा आसन लेऊ
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">