arrow

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुई तर्फी खुल्यो

logo
प्रकाशित २०७३ साउन ८ शनिबार
Muglin-sadak.jpg.jpeg
काठमाडौं । राजधानी भित्रिने तथा बाहिरिने मुख्य ‘नारायणगढ–मुग्लिन’ सडक खण्ड दुईतर्फी संचालनमा आएको छ । सो सडक खण्ड अन्तर्गत पर्ने चारकिलोमा ५० मिटरको डाँडो नै खसेपछि बिहान साढे ५ बजेदेखि बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
 
तीन वटा स्काभेटरले १३ घण्टा काम गरेपछि साँझ साढे ६ बजे बाटो दुईतर्फी संचालनमा आएको चितवन प्रहरीले जनाएको छ । 
 
फेरि पनि पानी पर्ने क्रम नरोकिएकाले बाटो लामो समय संचालन हुनेमा शंका रहेको प्रहरीको भनाई छ । बाटो अवरुद्ध भएपछि लामो दुरीका सवारी साधनको लाम लागेको थियो । छोटो दुरीका केही सवारी साधनलाई वैकल्पिक बाटो अपनाइएपनि लामो दुरीका सवारी साधन भने निकै घण्टा बाटोमै रहे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ