arrow

नेपाल ‘बी’ दक्षिण एसियाली भेट्रान्स टेबलटेनिसको सेमिफाइनलमा

logo
प्रकाशित २०७३ साउन ८ शनिबार
VTRN.jpg.jpeg
काठमाडौं । नेपाल ‘बी’ प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
 
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपाल ‘बी’ ले बंगलादेश र भारत ‘बी’ लाई समान ३–० को नतिजामा पराजित गर्दै समूह ‘बी’ को विजेता बन्यो । यो समूहबाट बंगलादेशले भारत ‘बी’ लाई ३–१ ले हराउदै उपविजेताका रुपमा सेमिफाइनल पुग्न सफल भयो ।
 
त्यस्तै समूह ‘ए’ बाट भारत ‘ए’ विजेता र माल्दिभ्स उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनाउन सफल रहे । भारत ‘ए’ ले भारत ‘सी’, माल्दिभ्स र नेपाल ‘ए’ विरुद्ध समान ३–० को जित दर्ता गर्‍यो । माल्दिभ्सले नेपाल ‘ए’ लाई ३–० तथा भारत ‘सी’ लाई ३–१ ले पाखा लगायो ।
 
नेपाल भेट्रान्स टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४० वर्षमाथि टिम इभेन्टको समूह ‘ए’ बाट भारत ‘ए’ विजेता तथा नेपाल ‘बी’ उपविजेताका रुपमा अन्तिम चारमा पुगे । समूह ‘बी’ बाट नेपाल ‘ए’ विजेता र भारत ‘सी’ उपविजेता बन्दै सेमिफाइनल यात्रा तय गरे ।
 
भारत ‘ए’ ले भारत ‘बी’, नेपाल ‘बी’ र पाकिस्तानलाई समान ३–० ले पन्छायो । नेपाल ‘बी’ ले भारत ‘बी’ लाई ३–० तथा पाकिस्तानलाई ३–२ ले निराश बनायो ।
 
त्यसैगरी, नेपाल ‘ए’ ले भारत ‘बी’ लाई ३–१, माल्दिभ्सलाई ३–० तथा भारत ‘सी’ लाई ३–१ ले पराजित ग¥यो । भारत ‘सी’ ले भारत ‘बी’ लाई ३–२ तथा माल्दिभ्सलाई ३–० ले हरायो । तीनदिने प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ