arrow

यमराजका दूतहरु काग र कुकुरको पूजा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
kukur-tihar232.jpg
कुकुरलाई पूजा गर्दै पोखरा– ८ न्युरोडकी व्यवसायी महिला सबी शेरचन ।

काठमाडौं । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन बुधबार काग र कुकुर तिहार एकै दिन परेको छ । बिहानैदेखि काग र कुकुरलाई मिठोमिठो खानेकुरा खान दिई काग र कुकुर तिहार मनाइराखिएको छ । दुवैलाई यमराजका दूतका रुपमा चिनिन्छ । 

मंगलबार बेलुकी यमदीपदान शुरु भएको थियो । तिहार भने बुधबारदेखि मात्र शुरु भएको छ । कागलाई यमदूतका रुपमा पूजा गर्ने गरिन्छ । काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । कागले सन्देश र सूचना प्रवाह गर्ने काम गरेकाले अहिले पनि कागलाई पूजा गर्ने चलन छ ।

कुकुरको पनि पूजा भइरहेको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । कुकुर लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ । 

कात्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने बिहीबार बिहान मनाउनुपर्ने पंचाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ