arrow

नयाँ सरकारमा जान हैन नैतिकता आधारमा सरकार छाडेका हौं : फोरम लोकतान्त्रिक

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
foram-loktantrik.jpg.jpeg
काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक एकेन्द्र चौधरीले प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । हाम्राकुरासंगको कुराकानीमा चौधरीले हामीले बजेटका तीन वटै विधेयक फेल भइसकेपछि नैतिकताको आधारमा सरकारबाट बाहिरिएको स्मरण गराउँदै अब सरकारप्रति विश्वास छैन भन्ने भएपछि राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खोलिदिनु पर्ने बताएका छन् । 
 
किन ढिलागरी सरकारबाट बाहिरिएको त ? भन्ने प्रश्नमा चौधरीले भने, ‘प्रधानमन्त्री ज्यूले सत्ताको ठूलो घटक माओवादी केन्द्र बाहिरिएपछि कुनै राम्रो समाधानसहित सरकारबाट पद त्याग्नुहुन्छ कि भन्ने सोचेर साथ दिएका थियौं तर उहाँले बहिर्गमनको उपयुक्त बाटो नै नखोजेपछि हामी वाध्य भएर बाहिरिएका हौं ।’
 
प्रमुख सचेतक चौधरीले प्रधानमन्त्री ओलीले आजै राजीनामा दिनेमा आशावादी भएकोसमेत बताएका छन् । उनले आइतबार दिउँसो २ बजेसम्म अविश्वासको प्रस्तावका बारेमा छलफल हुने र प्रधानमन्त्रीले जवाफ दिएको आधा घण्टापछि अविश्वासको प्रस्तावमा चुनाव हुनेसमेत बताए । 
 
चौधरीले अविश्वासको प्रस्तावको पक्षमा फोरम लोकतान्त्रिकले मत दिनेसमेत बताए । फोरम लोकतान्त्रिकका १४ सांसद छन् । 
 
चौधरीले नयाँ सरकारमा जानका लागि सरकारबाट नबाहिरिएको स्पष्ट पारेका छन् । उनले नैतिकताकै प्रयोगमात्र गरेको बताए ।
 
उनले राजनीतिमा जे पनि सम्भव भएको भन्दै नयाँ सरकारमा फोरम लोकतान्त्रिक जानु नौलो नभएको बताए । 
 
निरन्तर लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सरकारमा गएको भन्ने आरोपको खण्डन गर्दै चौधरीले अहिलेसम्म एमाले र काँग्रेसले सत्ता छाड्ने नाम नलिएको अवस्थामा फोरमलाई यस्ता आरोप लगाइनु राम्रो नभएको बताए । 
 
नयाँ सरकारका लागि काँग्रेस र माओवादी केन्द्रसंग कुनै पहल नभएकोसमेत उनले बताए । 
 
यसैबीच कार्यव्यवस्थासमितिको बैठक बस्दैछ । बैठकले अविश्वासको प्रस्तावको चुनावी प्रक्रिया थाल्नेछ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ