arrow

नेविसंघको असन्तुष्ट पक्ष रिले अनसनमा, रोक्न दबाब आयो : काफ्ले

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
kundan-kafle.JPG.jpeg
काठमाडौ । नेपाल विद्यार्थी संघ नेविसंघको आन्तरिक बिबाद चरमोत्कर्षमा देखिएको छ । यही साउन २३ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन तोकिए पनि अहिलेसम्म विधिवत् रुपमा महाधिवेशन हुने छाँट नदेखेपछि असन्तुष्ट पक्ष आजदेखि रिले अनसनमा बस्दैछ । 
 
असन्तुष्ट पक्षको नेतृत्व गर्दै नेविसंघका नेता कुन्दन काफ्लेले आइतबार मध्यान्ह १२ बजेदेखि विधिवत् महाधिवेशन गर्न माग राखेर रिले अनसन गर्न लागेको बताए । उनले हाम्राकुरासंग कुरा गर्दै देशभरका साथीहरुलाई रगत नापेर र नाडी छामेर हैन समान रुपले व्यवहार गरेर विधिवत महाधिवेशनको माग राखेर अनसन बस्न लागिएको बताए । 
 
उनले कुनै मेसिनमा कच्चा पदार्थ राखेपछि उत्पादन हुन लायक उत्पादन हुन्छ र उत्पादन हुन लायक नभएको चिज फ्यालिने भएकाले अहिलेको महाधिवेशनमा आउन नसक्नेलाई फ्याल्नुपर्ने उल्लेख गरे । 
अहिले ११ औं महाधिवेशन भएकाले पनि दैनिक ११ जना रिले अनसनमा बस्ने पनि जनाए । 
 
अनसन नबस्न माउ पार्टी नेपाली काँग्रेसका नेताहरुबाट दबाब आए पनि अनसन छाडेपछि के हुन्छ त भनेर जवाफ नदिएको बताए । 
 
उनले भने ‘हामीले विधिवत् रुपमा तोकिएको समयमै महाधिवेशन गर्नका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामै अनसन बस्दैछौं, हाम्रा माग पार्टीले बुझ्नेछ भन्ने विश्वास लिएका छौं ।’ 
 
काँग्रेसका छवटा भ्रातृ सङ्गठनको अधिवेशन साउन, भदौ र असोजमा हुने तय गरिए पनि त्यसको स्पष्ट खाका आइसकेको छैन । 
 
नेविसंघमा सबैभन्दा बढी विवाद छ । नेविसंघको अधिवेशन हुने भन्ने चर्चा चलेको धेरै वर्ष भयो ।  जिल्ला अधिवेशन सुरु हुने भनिएको त दुई वर्ष बित्यो । 
 
हालसम्म ६४ जिल्ला अधिवेशन सकिएका छन् भने ११ वटा जिल्लामा विवाद देखिएको छ ।  विवादै नभएका जिल्लाको संख्या ४१ मात्र छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ