arrow

अमरेश विरुद्ध युवा सङ्घले देशभरि प्रदर्शन गर्ने

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
amresh-kumar-singh.jpg.jpeg
काठमाडौँ। युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारीले सभासद् अमरेशकुमार सिंहले संसदीय मर्यादा र मूल्यभन्दा फरक तरिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक रोगी भनेको पुष्टि गर्न चेतावनी दिँदै सिंहलाई तत्काल हिरासतमा लिई कारबाही गर्नुपर्ने माग गरेको छ।
 
 सिंहले हिजो संसदमा प्रधानमन्त्रीविरुद्वको अविश्वास प्रस्तावमाथिको छलफलमा बलेको कुरालाई लिएर आज साँझ गोङ्गबुमा भएको प्रदर्शनमा उनले सो माग गर्नु भएको हो।
 
युवा सङ्घ नेपालका प्रवक्ता प्रभात विक्रम कटुवालले हस्ताक्षर गरेको आज प्रकाशित वक्तव्यमा जनाइए अनुसार आइतबार बानेश्वरमा युवा सङ्घ नेपाल र विद्यार्थीले देशभरि सिंहका विरुद्धमा प्रदर्शन गर्ने निर्णयसमेत भएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ