arrow

पछिल्लो राजनीतिक अवस्थाबारे राष्ट्रपतिको पहल

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
sital-niwas.jpg.jpeg
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो राजनीतिक घटनाक्रमबारे पहल थालेकी छिन् । बिहान प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासंग छलफल गरेकी भण्डारीले संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग पनि छलफल गर्दैछिन् । 
 
राष्ट्रपति भवन शितल निवासमा भएको छलफलमा देउवाले पछिल्लो घटनाक्रमलाई लिएर नै कुराकानी भएको बताएका छन् । 
 
केपी ओली नेतृत्वको सरकारविरुद्ध काँग्रेस, माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि आज त्यसबारेमा निर्वाचनसमेत हुँदैछ ।
 
यो अवस्थामा कुनै संवैधानिक जटिलता वा दलहरुको अबको खाकाबारे बुझ्नसमेत राष्ट्रपति भण्डारीले प्रमुख दलका प्रमुखलाई बोलाएको आँकलन गरिएको छ ।
 
संसद बैठकमा अविश्वासको प्रस्तावबारे छलफल सकिएपछि प्रधानमन्त्री ओलीले जवाफ दिने र ओलीले राजीनामा नगरे अविश्वासको प्रस्तावमा मतदान हुनेछ ।
 
ओली पराजित भए वा राजीनामा दिए के गर्ने भन्ने अन्योल बढेकोसमेत संविधानविद्का आफ्ना ब्याख्या छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ