arrow

भारत चीनबीच चिसोपना, चीनका तीन पत्रकारलाई देश छाड्न आदेश

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
china-karwahi.jpg.jpeg
नयाँ दिल्ली । भारत सरकारले चीनका तीन पत्रकारलाई देश छाड्न आदेश दिएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका तीन पत्रकारलाई एक हप्ताभित्र देश छाड्न आदेश दिएको हो ।
 
सरकारले तिनीहरुको भिसा बढाउन अश्वीकार गरेसंगै आगामी आइतबारसम्म उनीहरुले भारत छाड्नु पर्ने भएको हो । भारतले उनीहरुलाई चीन फिर्ता जान दिएको आदेशको कारण भने बताएको छैन । 
 
वाउ कियांग एजेंसी के दिल्ली ऑफिस में काम करते हैं। (फाइल), national news in hindi, national news
 
भारतले पहिलो पटक यस किसिमको कदम उठाएको भारतीय संचार माध्यमले जनाएका छन् । यी तीन जनाले विभिन्न संदिग्ध गतिविधिमा सहभागीता जनाएको बताइन्छ ।
 
यो कदमसंगै भारत र चीनबीच चिसोपना बढ्न सक्ने आँकलन गरिएको छ । 
 
 
भारत छाड्ने आदेश पाएका पत्रकारहरुमा वाउ कियाङ्ग, लु ताङ्ग र योगाङ्ग हुन् ।
 
यिनीहरु फर्किएपछि सिन्ह्वाले अरुलाई नयाँ नियुक्ति दिनसक्ने भारतले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ