arrow

दिल्लीको प्रदूषण सबैभन्दा बढी, काठमाडौं १४ औं स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १९ शुक्रबार
pollution-delhi20211.JPG

काठमाडौं । भारतको नयाँ दिल्लीमा वायु प्रदूषण सबैभन्दा उच्च देखिएको छ । दिपावलीको अवसरमा पटाखासहित आतिशबाजी गर्नुअघि नै नयाँदिल्लीमा वायु प्रदूषण उच्च भएको हो । बिहीबार रातिदेखि दिल्लीमा तुँवालो लागेको छ । 

दिल्लीमा हावाको स्तर खराब हुँदै एयर क्वालिटी इन्डेक्स एक्यूआई शुक्रबार बिहान १०ः५९ बजेसम्म बढेर ४७३ पुगेको छ । सने २०१९ का तुलनामा यसपालि दिल्लीमा झनै बढी पटाखा र आतिशबाजी हुने भएसँगै स्थिति झन् खराब हुने भन्दै चिन्ता व्यक्त गरिएको छ । 

दिपावलीमा भारतभर नै प्रदूषण बढी हुने गरेको छ । तर त्यसपघि बिहीबार बिहानदेखि नै दिल्लीमा प्रदूषण बढ्न थालेको थियो । 

भारतमा पराललाई आगो लगाउँदा पनि प्रदूषणको असर ३८ प्रतिशतसम्म देखिन थालेको बताइन्छ । 

दिल्लीसँगै भारतका धेरै ठाउँमा प्रदूषण बढेको छ । दिल्ली अहिले विश्वकै नम्बर एक प्रदूषित शहर भएको छ ।

यस्तो छ अन्य स्थानको प्रदूषण–
पाकिस्तानको लाहोर ३५२ एक्यूआईसहित दोस्रो, चीनको बेइजिङ १९९ एक्यूआईसहित तेस्रो, पाकिस्तानको कराँची १७६ एक्यूआईसहित चौथो स्थानमा रहेको छ । 

कीर्गिस्तानको बिशेस्क १७५ एक्यूआईसहित पाँचौं, भारतको कोलकाता १७२ एक्यूआईसहित छैटौं तथा मुम्बई १६५ एक्यूआईसहित नवौं स्थानमा छ । 

काठमाडौं भने १४० एक्यूआईसहित चौधौं स्थानमा रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ