arrow

गच्छदारको पार्टी सरकारमा जाने पक्का, ‘ओली मण्डले राष्ट्रवादमा चलेपछि सरकार छोडेका हौ’

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
jitendra-dev.jpg.jpeg
काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले नयाँ सरकारमा जाने औपचारिक जानकारी गराएको छ ।
 
शनिबार मात्रै सरकारबाट समर्थन फिर्ता लिएको लोकतान्त्रिकले यसअघि सरकारमा जान भन्दा पनि नैतिकताका आधारमा समर्थन फिर्ता लिएको बताएको थियो । 
 
यद्यपि, संसदमा जारी अविश्वास प्रस्तावको छलफलमा भाग लिँदै फोरम लोकतान्त्रिक सांसद जितेन्द्र नारायण देवले नयाँ समीकरण बनाउने हरुले अविश्वास प्रस्ताव दर्ता गर्नु अघि लिखित सहमति गरेकाले समर्थन गरेको बताए । 
 
उनले भने, ‘वर्तमान सरकार मण्डले राष्ट्रवादमा चलेपछि सरकार छोडेका हौं ।’ मण्डले राष्ट्रवादले आन्तरिक राष्ट्रबाद संकटमा पर्दै गयो । उनले थपे, ‘सदन, सडक र सरकारबाट आफ्नो मुद्दाहरु स्थापित गर्ने ध्येयका साथ सरकारमा गएका थियौं । तर, ती मुद्दाहरु पूरा हुन सकेनन् । सरकार मण्डले राष्ट्रवादमा चल्यो ।
 
सांसद देवले सत्ताधारीले संसदीय सर्वोच्चतालाई स्थापित गर्नु पर्नेमा संवैधानिक सर्वोच्चतालाई मान्यता दिएको आरोप लगाए । १४ सिट रहेको फोरम लोकतान्त्रिकले शनिबार मात्रै सरकारबाट समर्थन फिर्ता लिएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ