arrow

आन्तरिक एकता सुदृढ गरेर राष्ट्रियता समृद्ध गर्न सकिन्छ – प्रचण्ड

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
pdahal.jpg.jpeg
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल  (प्रचण्ड)ले संविधान निर्माण प्रक्रियादेखि नै असन्तुष्टि व्यक्त गर्दै आएका मधेसकेन्द्रित दल, आदिवासी जनजाति र थारू समुदायको माग सम्बोधन गर्दै आफू नयाँ आधारमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । 
 
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संस्थापक सदस्य नरबहादुर कर्माचार्यको तेस्रो स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्तरिक एकता सुदृढ गरेर मुलुकको राष्ट्रियतालाई समृद्ध गर्न सकिनेमा जोड दिए । 
 
दाहालले कोही कसैलाई चिढ्याएर र उनीहरुको मानमर्दन गरेर मुलुक कहीँ पनि पुग्न नसक्ने स्पष्ट पारे । नेपालको संविधानको प्रभावकारी कार्यान्वयन नै आजको प्रमुख कार्यभार हो भन्दै नेता दाहालले भूकम्पपछिको पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्दै राष्ट्रिय समस्या समाधान गर्न नयाँ बन्ने सरकार लागिपर्ने उल्लेख गरे । 
 
स्मृति सभामा नेताहरु नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेललगायतले नेकपा स्थापनादेखि कम्युनिस्ट आन्दोलनका क्रममा कर्माचार्यले खेलेको भूमिका उल्लेखनीय रहेको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ