arrow

‘सरकार बनाउने र गिराउने खेल देश र जनताको हितमा छैन’

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
Baburam-bhattrai-stage.jpg.jpeg
पोखरा । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकार बनाउने र गिराउने खेल देश र जनताको हितमा नरहेको बताएका छन्  । 
 
नेपाल प्रेस सोसाइटी कास्कीद्वारा आज  आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईल जनअपेक्षानुरुप आर्थिक समृद्धि र विकासमा देशलाई लैजानुपर्नेमा पुराना राजनीतिक दल पुनः सरकार गिराउने र बनाउने खेलमा लागिरहेको आरोप लगाए । 
 
गत २६ वर्षमा २३ पटक सरकार परिवर्तन भएको बताउँदै भट्टराईले शासकीय प्रणाली र निर्वाचन प्रणालीको त्रुटिका कारण समस्या आएकाले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम हुनुपर्ने धारणा राखे । 
 
नेपालमा आन्तरिक राष्ट्रिय एकता र आर्थिक रुपले अन्तरनिर्भरता भएमा मात्र देश सबल बन्ने भट्टराईको भनाइ छ । अब बन्ने सरकारले विद्यमान मधेसी, जनजाति लगायतका मागलाई सम्बोधन गर्दै सीमाङ्कन लगायत विषयलाई टुङ्ग्याएर निर्वाचनमा जानुपर्ने उनले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ