arrow

रोनाल्डो फ्लप हुँदा म्यानेचस्टर डर्बीमा युनाइटेड हार्‍यो, रोनाल्डोलाई पहेँलो कार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
mancity-united.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डो असफल भएपछि म्यानचेस्टर युनाइटेड पराजित भएको छ । म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमै घरेु टोली सिटीसँग २–० गोल अन्तरले पराजित गरेको हो । खेलको सात मिनेटमै युनाइटेडका एरिक बेलीको आत्मघाती गोलसँगै सिटीले अग्रता लिएको थियो । 

बर्नान्डो सिल्भाले खेलको ४५ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा म्यानचेस्टर डर्वीमा सिटीले बाजी मारेको हो । 

रोनाल्डो आएपछि युनाइटेड उपाधिको दाबेदार बन्ने अनुमान विपरीत बिस्तारै खेल खस्किदै गएको छ । रोनाल्डोको भरमा टिकेको युनाइटेड कमजोर हुँदै गएको छ । 

रोनाल्डोले इन्जुरी समयमा पहेँलो कार्ड खाएका थिए । 

शनिबारका अन्य खेलको नतिजा
ब्रेन्टफोर्ड १–२ नर्विच सिटी
चेल्सी १–१ बर्नली
क्रिष्टल प्यालेस २–० वुल्भरह्याम्पटन वान्डेरर्स
ब्राइटन एन्ड होभ आल्बियन १–१ न्यूकासल युनाइटेड

अंक तालिका
चेल्सी ११ खेलबाट २६ अंकसहित शीर्ष स्थानमा छ । म्यानचेस्टर सिटी ११ खेलबाट २३ अंकसहित दोस्रो, लिभरपुल १० खेलबाट २२ अंकसहित तेस्रो स्थानमा छ । 

वेष्ट ह्याम युनाइटेड १० खेलबाट २० अंकसहित चौथो स्थानमा छ । म्यानचेस्टर युनाइटेड ११ खेलबाट १७ अंकसहित पाँचौं स्थानमा छ । 

जितसँगै सिटी लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

सिटीले ११ मध्ये सात खेलमा जित तथा दुई खेलमा बराबरीसंगै २३ अंक जोडेको छ ।

युनाईटेडले घरेलु मैदानमा लगातार दोस्रो पराजय भोगेको छ ।

युनाईटेडले ११ मध्य पाँच खेलमा जित तथा दुई खेलमा बराबरी खेल्दै १७ अंक सहित पाँचौ स्थानमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ