arrow

कोही दोहोर्‍याई तेहर्‍याई प्रधानमन्त्री भै राखुन् मलाई केही छैन : रामचन्द्र

उपेन्द्र जी अतिरन्जित नगर्नुस्

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
ramchandra-paudel-new-sadan.JPG.jpeg
काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता तथा सांसद रामचन्द्र पौडेलले सत्ता भन्दा व्यवस्थातर्फ ध्यान दिनु पर्ने बताएका छन् । 
 
व्यवस्थापिका संसदमा सरकारविरुद्ध पेश भएको अविश्वास प्रस्तावको छलफमा भाग लिँदै पौडेलले विगत लामो समय देखि नेपाली राजनीति सत्ता केन्द्रीत भएको भन्दै अब व्यवस्था बसाउन तर्फ लाग्नु पर्ने आवश्यकता औंल्याएका हुन् । 
 
आफ्नै पार्टी सभापति र माओवादी अध्यक्ष दाहालतर्फ संकेत गर्दै उनले भने, ‘अहिले सरकारको पक्षमा लागेका साथीहरु दोहोर्‍याई तेहर्‍याई प्रधानमन्त्री भइसकेका छन् । भै राखुन् मलाई केही छैन ।’ सत्ता जो जसले जे गरेपनि व्यवस्था बसाल्नतर्फ सबैको ध्यानकषर्णण गराउँछु ।
 
सरकारबारे धेरै बहस गर्नु भन्दा व्यवस्थातिर लाग्न आग्रह गर्दै उनले प्रधानमन्त्री केपी ओलीले अहिले र भोली खेल्नु पर्ने भूमिका बुझ्नु हुनेछ –भने । 
 
उपेन्द्र जी अतिरन्जित नगर्नुस् 
पौडेलले संविधानप्रति असन्तुष्ट मधेस केन्द्रीत दलहरुलाई अति नगर्न आग्रह गरे । उनले भने, ‘उपेन्द्र जीलाई म भन्छु अतिरन्जित नगर्नुस् ।’ नेपालले अति सहन सक्दैन । पौडेलले नानाथरी कुरा गरेर राष्ट्रपतिको गरिमा घटाउन नहुने बताए । उनले भने, ‘राष्ट्रपति  गणतन्त्रको गरिमा हो ।’ राष्ट्रपतिको महत्व घटाउने र अवमू्ल्यन गर्ने काम कसैले गर्नु हुँदैन । 
 
मैले ल्याएको मध्यमार्गी प्रस्ताव दुवै पक्षले मानेनन् 
पौडेलले आफुले ल्याएको ४ बुँदे मध्यमार्गी प्रस्ताव दुवै पक्षले नमानेको सुनाए । उनले भने, ‘एमाले पनि महत्वपूर्ण पार्टी हो । भोलीका दिनमा सहकार्य गर्नु पर्छ । मैले ल्याएको मध्यमार्गी प्रस्ताव ‘सम्मानजनक बहिर्गमन’को कुरा कसैले मानेनन् । मैले ओली जी प्रधानमन्त्री हुँदा जे बोल्थे अहिले पनि त्यही बोल्छु ।’ मेरो कुरा फेर्ने बानी छैन ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ