arrow

क्याविनेटको नयाँ निर्णय : नयाँ सरकार गठनका लागि बाधा अड्काउ फुकाउन राष्ट्रपति समक्ष सिफारिस

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
PM-Niews,-baluwatar.jpg.jpeg
काठमाडौं । सरकारले संविधानको धारा २९८ नयाँ सरकार गठनका लागि अपुरो रहेको भन्दै बाधा अड्काउ फुकाउका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । 
 
बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउन राष्ट्रपति समक्ष सिफारिस गरेको हो । संसद बैठक छोडेर प्रधानमन्त्री तथा मन्त्रिहरु मन्त्रिपरिषद् बैठकका लागि बालुवाटार पुगेका थिए । 
 
सिफारिसमा ‘संघीय प्रतिनिधिसभाको सरकार नबन्दासम्म धारा २९८ अनुसार सरकार बनाउँदा प्रधानमन्त्रीको पद रिक्त भएमा प्रधानमन्त्री नियुक्त गर्न सकिनेछ ।’–भनिएको छ । यस्तै, सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ  ।  
 
नयाँ संविधानको व्यवस्थालाई लिएर कानुन व्यवसायी र दलहरु विभाजन भएपछि नयाँ सरकार गठनबारे निबै बहस भएकाे छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ