arrow

केसी समर्थक कुटिए : 'ढाडमा बेतको लाठी भाँचियो, डीएसपीले सिधै ठोक् भने'

पक्राउ परेकाले पुलिस क्लबभित्रै अनसन सुरु गरे

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
tangal-ma-jhadap.jpg.jpeg
काठमाडौं । एक जना साथीको ढाडमा बेतको लाठी भाँचियो । मेरो र एक जना साथीको लुगा च्यातियो । बद्री अर्यालको टाउकोमा चोट लागेको छ । 
 
प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडीबाट पक्राउ परी  भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब पुगेका १० जना मध्येका एक विशत दाहालले हाम्राकुरासंग भने, ‘हामी दुई लाइनमा बसेर नारा लगाउँदै थियौं ।
 
प्रहरीले हामीलाई अघि बढ्न नदिन घेरा बन्दी गरेको थियो । केही साथीहरुको खुट्टा उनीहरुले निर्धारण गरेको ठाउँमा पर्ने वित्तिकै डिएसपी एल श्रेष्ठले अपशब्द प्रयोग गर्दै यीनीहरुलाई ठोक । भने ।’ हाम्रो साथीहरुमाथी लगातार प्रहार भयो । हामीलाई जबरजस्ती ट्रकमा हुलीयो । यहाँ पुग्दा सम्म लाडी बजार्ने क्रम जारी रहयो । 
 
दाहालले आफुहरुले कुनै प्रकारको उश्रृंखल नगरेको सुनाए । नारावाजी मात्रै गरिरहेका थियौं, उनले थपे, ‘लाइन मिलाउने क्रममा साथीहरुको खुट्टा प्रहरीले ओगटेको ठाउँमा पुग्यो । त्यसपछि हेर फेर नगरी बल प्रयोग भयो । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १५ दिन देखि अनसनरत डा. गोविन्द केसीको मागको समर्थनमा प्रदर्शन गर्न अख्तियार अघि पुगेकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको हो । यद्यपि, प्रहरीले उश्रृंखल गरेका कारण झडप भएको बताएको छ । 
 
पक्राउ परेकाले पुलिस क्लबभित्रै अनसन सुरु गरे 
अख्तियार दरुपयोग अनुसन्धान आयोगको कार्यालय नजिक प्रदर्शनमा उत्रिँदा पक्राउ परेका पुलिस क्लब भित्रै अनसन थालेका छन । उनीहरूलाई प्रहरीले पक्राउ गरी पुलिस क्लब ल्याएको छ ।  
 
आफुहरुले कुनै निषेधित क्षेत्र तोडेका थिएनौं, झडपको स्थिति समेत आएको थिएन , एक्कासी ट्रकमा हालेर किन ल्याइयो भन्दै उनीहरुले अनसन सुरू गरेका हुन् ।  प्रदर्शनमा संलग्न अभियन्ता विदुशी ढुंगेलले पक्राउ गर्नुको यथेष्ट कारण नदिई अनसन पनि नछोड्ने र पुलिस क्लब पनि नछोड्ने उनीहरूले अडान लिएको बताइन् । 
 
उनीहरु चिकित्सक गोविन्द केसीको माग पूरा नभएको र त्यसमा जोडिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन मागमा नारावाजी गर्दै टंगालस्थित आयोग अघि पुगेका थिए । पक्राउ परेकाहरूलाई भेट्न मानवअधिकारवादीलाई पनि दिइएको छैन । प्रक्राउ परेका एक प्रदर्शनकारीले आफुहरुले वकिल पठाउन भनेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ