- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । महाभारत युद्धपछि पाण्डवहरूले हस्तिनापुरको राज्य पाए। महाभारत युद्धका मुख्य पात्र मध्ये एक अर्जुनलाई राजा बनाइएन। उनको स्थानमा जेठा दाजु युधिष्ठिरलाई राज्याभिषेक गराइयो ।
महाभारतको शान्ति पर्वका अनुसार अन्य भाइहरूलाई हस्तिनापुर राज्यको अलग-अलग महत्त्वपूर्ण जिम्मेवारी दिइयो । युधिष्ठिर पछि भीमलाई हस्तिनापुरको उत्तराधिकारी घोषित गरियो । यस बाहेक कयौँ मानिसहरूलाई थाहा छैन कि अर्जुन, नकुल र सहदेवले के जिम्मेवारी पाए ।
शान्ति पर्वका अनुसार, युद्धमा जितेर ऋषिहरूको आज्ञा अनुसार पाण्डव हस्तिनापुर गए। त्यहाँ विधि-विधानसँग युधिष्ठिरको राज्याभिषेक भयो । राज्याभिषेकपछि युधिष्ठिरले भीमलाई युवराजको पदमा नियुक्त गरे । काका विदुरलाई राजकाज सम्बन्धी सल्लाह दिने , निश्चय गर्ने तथा सन्धि, विग्रह आदि ६ कुराको निर्णय लिने अधिकार दिइयो ।
सेनाको गणना गर्ने , त्यसलाई भोजन र खर्च उपलब्ध गराउने काम नकुललाई सुम्पियो । अर्जुनलाई सेनापति बनाइयो । शत्रुको देशमा आक्रमण गर्ने तथा दुष्टलाई दण्ड दिने जिम्मेवारी उनलाई दिइयो । ब्राह्मण, देवताहरुको र पुरोहितको काममा महर्षि धौम्य नियुक्त भए। सहदेवलाई युधिष्ठिरले आफैसँग राखे।
विदुर, सञ्जय र युयुत्सुलाई राजा धृत राष्ट्रको सेवामा रहन र उनको आज्ञा पालन गर्न भनियो । यस प्रकार युधिष्ठिरले अन्य मानिसहरूलाई पनि उनको सामर्थ्यको अनुसार अलग-अलग कामको जिम्मेवारी दिए ।