arrow

नेबिसंघका ११ विद्यार्थी काँग्रेस पार्टी कार्यालयमा अनशनमा

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
nsu-hunger-strike.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघको आन्तरिक बिबाद चरमोत्कर्षमा बढ्दै जाँदा यसको विवाद सतहमा आएको छ। संघको विवाद मिलाउने प्रयास नभएपछि यसका ११ विद्यार्थी नेता अनशनमा बसेका छन्। यही साउन २३ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन तोकिए पनि अहिलेसम्म विधिवत् रुपमा महाधिवेशन हुने छाँट नदेखेपछि असन्तुष्ट पक्षका ११ विद्यार्थी नेता आजदेखि रिले अनसनमा बसेका हुन्। 
 
असन्तुष्ट पक्षको नेतृत्व गर्दै नेविसंघका नेता कुन्दनराज काफ्लेको नेतृत्वमा आइतबार मध्यान्ह १२ बजेबाट विद्यार्थी नेताहरु रिले अनसनमा बसेका हुन्। विधिवत् महाधिवेशन गर्न माग राखेर रिले अनसन गर्न लागेको विद्यार्थी नेता युवराज पाण्डेले बताए। हाम्राकुरासँग कुरा गर्दै पाण्डेले विधिवत महाधिवेशन नगरि आफ्नो अनुकुलमा नेबिसंघ कब्जा गर्न खोजिएका कारण अनसन बसेको बताए। अहिले ११ औं महाधिवेशन भएकाले पनि दैनिक ११ जना रिले अनसनमा बस्ने तयारी रहेको काफ्लेले बताए। 
 
अनशनमा काफ्ले सहित युवराज पाण्डे, कृष्णकुमारी बस्नेत, जीत शेरचन, गणेश सापकोटा, दुजाङ शेर्पा, निमा गिरी, चक्र गुरुङ, सुदिप शर्मा, धर्मदेव फुलारा, संजिव शाह गरि ११ जना बसेको विद्यार्थी नेता डिल्लीराम सुवेदीले जनाएका छन्।
 
विधिवत् रुपमा तोकिएको समयमै महाधिवेशन गर्नका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामै अनसन बसेकाहरुले आफूहरुको माग पार्टीले बुझ्ने विश्वास लिएका छन्। काँग्रेसका छ वटा भ्रातृ सङ्गठनको अधिवेशन साउन, भदौ र असोजमा हुने तय गरिए पनि त्यसको स्पष्ट खाका आइसकेको छैन्। 
 
नेविसंघमा सबैभन्दा बढी विवाद छ। नेविसंघको महाधिवेशन हुने भन्ने चर्चा चलेको धेरै वर्ष भयो। यो पटक पनि महाधिवेशन हुने भनिरहँदा अझै कतिपय जिल्लामा अधिवेशन हुन सकेको छैन भने कतिपय ठाउँमा अधिवेशन भएको दुई वर्ष बितिसकेको छ। हालसम्म ६४ जिल्ला अधिवेशन सकिएका छन् भने ११ वटा जिल्लामा विवाद देखिएको छ। विवादै नभएका जिल्लाको संख्या ४१ मात्र छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ