arrow

ओली सरकार काम चलाउ बन्दै, साउन तेस्रो सातासम्म देशले नयाँ प्रधानमन्त्री पाउने

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
kp-ili.jpg.jpeg
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरुद्धको अविश्वास प्रस्ताव संसदमा पारित हुने भएपछि नयाँ सरकार गठनका लागि बाधा अड्काउ फुकाउ राष्ट्रपति समक्ष बुझाएका छन्। यो संगै केपी ओली नेतृत्वको सरकार काम चलाउ भएको छ। ओलीले आइतवार नै अविश्वास प्रस्तावमाथि जवाफ दिने क्रममा राजिनामा दिन सक्ने वालुवाटार निकट स्रोतले दावी गरेको छ।
 
आइतबार अपरान्ह आफ्नो सरकारी निवास वालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएर प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनका लागि अब सरकारबाट कुनै किसिमको अवरोध नरहेको सन्देश दिन बाधा अड्काउ फुकाउका लागि सिफारिस गरेको बालुवाटार स्रोतले जनाएको छ। 
 
बैठकले संविधानको धारा २९८ नयाँ सरकार गठनका लागि अपुरो रहेको भन्दै बाधा अड्काउ फुकाउका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । बैठक पछि प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रति कहाँ पुगे। 
  
संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउन राष्ट्रपति समक्ष सिफारिस गरेसंगै ओली अब काम चलाउ प्रधानमन्त्री बन्ने छन्। नयाँ सरकार गठनका लागि संवैधानिक अड्चन रहेको भन्दै विभिन्न बहस भएपछि यस्तो अवस्थामा धेरै दिन गुज्रिन नहुने भन्दै ओलीले अब सरकार बनाउन आफुहरुबाट कुनै असहयोग नहुने धारणा व्यक्त गर्न खोजेका हुन् । 
 
प्रधानमन्त्रीले संसदमा अविश्वास प्रस्तावको जवाफ दिएपछि राजिनामा घोषणा गरेपनि या अविश्वास प्रस्ताव सामना गरेर हाइएपनि उनी काम चलाउ प्रधानमन्त्रीका रुपमा रहनेछन्। त्यस लगत्तै समाभुखले संसदबाट राष्ट्रपतिलाई सहमतीय सकार गठनको आह्वानको सिफारिस गर्ने छिन्। एक साताको अवधिमा सहमति नजुटे वहुमतीय सरकारका लागि पहल हुने छ। सहमति जुट्ने सम्भावना न्यून रहेकाले फेरि पनि बहुमतीय सरकारकै पहल हुने देखिन्छ। सोही आधारमा अबको ८ देखि १० दिनमा अर्थात साउन तेस्रो साता सम्म मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना रहेका बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ