arrow

बग्दादमा आत्मघाती आक्रमण पन्ध्रको मृत्यु

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
afgankills.jpg.jpeg
बग्दाद । इराकको राजधानी बग्दादको उत्तरी भागमा रहेको एक सुरक्षा जाँचचौकीलाई लक्ष्यगरी आइतबार विहान भएको एक आत्मघाती आक्रमणमा कम्तीमा १५ व्यक्तिको मृत्यु भएको समाचार भएको छ । आत्मघाती आक्रमणको आइएस आतङ्ककारी समूहले दाबी गरेको जनाएको छ । 
 
सिया जिल्ला काधिमियाको प्रवेशद्वारमा भएको यस आक्रमणमा विस्फोटक पर्दार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले आक्रमण गर्दा कम्तीमा १५ सर्वसाधारण र दुई प्रहरी अधिकारीको मृत्यु भएको छ । प्रायःसिया मुसलमान समूदाय बासस्थान रहेको यस क्षेत्रमा भएको आक्रमणमा अन्य २९ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । 
 
यस महिनाको सुरुमा मध्यबग्दादको कारादा जिल्लामा आइएस आतङ्ककारी समूहले गरेको आत्मघाती आक्रमणमा २९२ व्यक्तिको मृत्यु भएको थियो । राजधानी बग्दादको उत्तर भागमा पर्ने बलाद क्षेत्रमा आक्रमणगरी ४० व्यक्तिको हत्या गरेको केही दिनपछाडि पुनः यो आक्रमण भएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ