arrow

लगानी बोर्डमा शिवाकोटी र शर्मा थपिए

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
balkrishna-shiwakoti.jpg.jpeg
काठमाडौं। सरकारले लगानी बोर्डमा फेरि दुई जना सदस्य थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले व्यवसायीद्वय बालकृष्ण शिवाकोटी र हरिभक्त शर्मालाई लगानीबोर्डको रिक्त सदस्यमा नियुक्त गरेको हो। 
 
सरकारले गत असार ३१ गते लगानीबोर्डको सदस्यमा व्यवसायीहरू तथा नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई समेत सदस्यको रूपमा नियुक्त गरेको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ