काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव आफ्नालागि सामान्य र स्वभाविक रहेको बताएकाच छन् ।
आइतबार व्यवस्थापिका संसद्मा आफू विरूद्ध परेको अविश्वासको प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विश्वास र अविश्वासको प्रस्ताव, लोकतान्त्रिक शासनको विशेषता नै रहेको भन्दै यसलाई गम्भीर रूपमा लिनु आवश्यक नरहेको स्पष्ट पारे ।
उनले माओबादी केन्द्र र मधेश केन्द्रीत दललाई संकेत गर्दै संसदीय व्यवस्थालाई विश्वस नगर्ने पार्टीलाई समेत संसदीय व्यवस्थामा ल्याएको र संविधानप्रति असन्तुष्टि जनाउने तत्वलाई समेत संविधानसभामा ल्याउन सफल भएकोले पनि आफू सफल भईसकेको पनि उनले दाबी गरेका छन् ।