arrow

५१ साललाई सम्झँदै प्रधानमन्त्रीले भने: ‘बुढाबुढीको ओठमा मुस्कान छर्नु त्यतिबेलाको गल्ती थियो !’

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
kp-ili.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरूद्धको अविश्वासको प्रस्ताव २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारको जस्तै नियती भोग्नु परेको गुनासो गरेका छन् । आइतबार व्यवस्थापिका संसद्मा आफू विरूद्ध परेको अविश्वासको प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले पनि राष्ट्रिय हितको पक्षमा उभिएकै आधारमा धमिलो पानीमा माछा मार्न तत्वको प्रभावमा आफूलाई हटाउने प्रयास भएको आरोप पनि लगाएका छन् । 
 
तात्कालीन मनमोहन अधिकारीको नेतृत्वको सरकार अपधस्त गरेको स्मरण गर्दै त्यतिबेला बुढाबुढीको आँखामा मुस्कान थपेकै आधारमा सो सरकार हटाउने खेल गरिएको बताउँदै आफूले पनि त्यस्तै राम्रो का मगर्न लागेकोले आफू विरूद्ध यस्तो प्रस्ताव ल्याईएको आरोप लगाएका छन् । ‘त्यतिबेलाको सरकारको सबैभन्दा ठूलो गल्ती त्यतिबेलाका बुढाबुढीको ओठमा मुस्कान ल्याउनु थियो ।’ प्रधानमन्त्री ओलीले व्यङ्ग्यात्मक शैलीमा भने ‘मेरो पनि यस्तै राष्ट्रिय स्वाधिनताको पक्षमा उत्रिनु गल्ती भएको हुनसक्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ