arrow

हेवाखोला जलविधुत परियोजना ए को प्रभावित क्षेत्रका लागि शेयर निश्काष्न गर्न स्थानियको माग

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ साउन ९ आइतबार
Tallo-hewa-hydro.jpg.jpeg
पाँचथर । पाँचथरको याङनाम  र भारपामा निर्माणधिन हेवाखोला जलविधुत परियोजना ए को काम अन्तिम चरणमा पुग्दा समेत प्रभावित क्षेत्रमा स्थानियका लागि शेयर निष्काष्न नगरेको भन्दै स्थानियले शेयर निष्कास्न गर्न माग गरेका छन् । 
 
जिल्लाको प्रभावित गाविस याङनाम,भारपा,नाँगिन गाविस र फिदिम नगरपालिकाका स्थानियले परियोजनाको काम सकिन लाग्दा समेत आयोजनाको जिम्मा लिएको पाँचथर पावर कम्पनीले भने अहिले समेत निष्कास्न नगरेको गुनासो गरेका हुन् ।
 
 जिल्लाको नाँगिन गाविस वडा नम्बर १ का स्थानिय मेरा सुन्दर जवेगुले काम सकिएर केन्द्रिय प्रशारण लाइनमा जोड्न लागिसक्यो तर अहिले सम्म स्थानियलाई शेयर खुलाउने कुनै पहल गरिएको छैन् यसबाट हामी यस क्षेत्रका स्थानिय मर्कोमा पर्यौ ।”
 
अव आउँदो शनिबार यस बारेमा प्रभावित क्षेत्रका स्थानिय सँग बसेर छलफल गरेर शेयर निष्कास्नका लागि थप छलफल गरेर सम्वन्धित निकायसँग माग गर्ने उनले वताए । यस्तै अर्को स्थानियवासी जय रिजालले कम्पनीले प्रभावित क्षेत्रका लागि १० प्रतिशत शेयर निष्काष्न गर्नुपर्ने हाइड्रो पावर कम्पनीको नियम भएपनि अहिले सम्म शेयर निष्काषन नभएकोले तत्काल प्रभावित क्षेत्रका लागि शेयर निष्काष्न गर्न आग्रह गरे ।
 
 उनले भने,“ हेवा खोलाबाट विधुत निकाल्ने त्यहाँ खोला,नाला सुकेर जान्छ,कम्पनी मात्रै फाइदामा जाने उदेश्य राख्ने तर त्यस क्षेत्रका स्थानियका लागि केहि पनि नगरिदिने हो भने हामी त्यस क्षेत्रका स्थानिय मर्कोमा पर्छो ।” १५ मेगावट उत्पादन हुने यो परियोजनाको काम अन्तिम चरणमा पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ