arrow

प्रधानमन्त्री ओलीले राजीनामा घोषणा गर्दै

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
oli-rajinama-news.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसदमा राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् । संसद छिर्नु अघि राष्ट्रपति निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजिनामा पेश गरिसकेका प्रधानमन्त्री ओलीले सम्बोधनको अन्तिममा राजीनामा दिएको घोषणा गर्ने तयारी गरेका हुन् । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सकेर शीतल निवास पुगेका प्रधानमन्त्रीले संसद सम्बोधन अघि नै राजीनामा पेश गरेको शीतल निवास स्रोतले जनाएको छ । मन्त्रिपरिषद् बैठकले नयाँ प्रधानमन्त्रीको बाटो खोल्नका लागि राष्ट्रपति समक्ष राजीनामा दिनु उपयुक्त हुने सुझाव दिएको बताइएको छ । यसअघि सदनमा एमाले नेता माधव नेपाल र बामदेव गौतम तथा झलनाथ खनालले राजीनामा दिनु नै उपयुक्त हुने बताएपछि ओली झन् दबाबमा परेका थिए । नभए उनले अविश्वास प्रस्तावको डटेर सामना गर्ने रणनीति लिएका थिए । 
 
प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिलाई राजिनामा बुझाएर संसदमा संवोधन गरिरहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई वाधा अड्काउ फुकाउका लागि मन्त्रिपरिषदको निर्णय बुझाउने क्रममा ओलीले राजिनामा दिएको मन्त्रिपरिषदका एक एमाले मन्त्रीले बताए। राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको राजीनामाको वोधार्थ उनले संसदमा आफ्नो जवाफको अन्त्यमा घोषणा गर्ने बताइएको छ। मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका ओली अब कामचलाउ भएका छन्। उनको ठाउँमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ३९औ प्रधानमन्त्रीका रुपमा केहि दिनमा निर्वाचित हुने छन्। 
 
प्रधानमन्त्री ओली गएको असोज २४ गते भएको निर्वाचनमा दिवंगत पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई हराउँदै प्रधानमन्त्री निर्वाचित भएका थिए । तत्कालिन एकिकृत नेकपा माओवादी, राप्रपा नेपाल, राप्रपा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा माले, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल लगायतका सहभागि ओली सरकारबाट अन्तिम समयमा आएर माओवादी केन्द्र, राप्रपा र मधेसी जनअधिकार फोरमले हात झिकेपछि ओलीले संसदमा जानुअघी नै राजीनामा दिएका छन्। मन्त्रिपरिषद् बैठकले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न बाधा अड्काउ फुकाउको आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेसंगै प्रधानमन्त्री ओलीले राजीनामा गर्ने अनुमान लगाइएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ