arrow

प्रधानमन्त्री ओलीबाट राजीनामा घोषणा

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
jajinama-oli.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसदमा राजीनामाको घोषणा गरेका छन् । संसदमा अविश्वास प्रस्तावमा उठेका सवालबारे जवाफ दिनु अघि राष्ट्रपति निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजिनामा पेश गरेका प्रधानमन्त्री ओलीले सम्बोधनकै क्रममा राजीनामा दिएको घोषणा गरेका हुन् ।  
 
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सकेर शीतल निवास पुगेका प्रधानमन्त्रीले संसद समबोधन अघि नै राजीनामा पेश गरेका थिए ।  मन्त्रिपरिषद् बैठकले नयाँ प्रधानमन्त्रीको बाटो खोल्नका लागि राष्ट्रपति समक्ष राजीनामा दिनु उपयुक्त हुने सुझाव दिएको बताइएको छ ।
 
यसअघि सदनमा एमाले नेता माधव नेपाल र बामदेव गौतम तथा झलनाथ खनालले राजीनामा दिनु नै उपयुक्त हुने बताएपछि ओली झ्न दबाबमा परेका थिए । नभए उनले अविश्वास प्रस्तावको डटेर सामना गर्ने रणनीति लिएका थिए । 
 
मन्त्रिपरिषद् बैठकले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न बाधा अड्काउ फुकाउको आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेसंगै प्रधानमन्त्री ओलीले राजीनामा गर्ने अनुमान लगाइएको थियो ।  
 
प्रधानमन्त्री ओली गएको असोज २४ गते भएको निर्वाचनमा दिवंगत पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई हराउँदै प्रधानमन्त्री निर्वाचित भएका थिए । प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष ओली ३ सय ३८ मत ल्याई मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भए । 
 
सरकारमा तत्कालिन एकिकृत नेकपा माओवादी, राप्रपा नेपाल, राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल लगायतका दल सहभागि भएका थिए । असार २८ गते माओवादी बाहिरिएसंगै अन्य दलले पालै पालो ओलीको साथ छोडेका छन् । ओलीसंग राजीनामा दिँदा सम्म राप्रपा नेपाल साथ रहयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ