arrow

देउवाप्रति कमल थापाको आक्रोश : ‘राजा विरुद्ध आक्रोश होईन, सुशासन दिनुहोस्’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
kamal-thapa6.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गाली नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले बुधबार गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले शान्ति वाटिकामा आयोजना गरेको कार्यक्रममा प्रजातन्त्रको खिलाफमा नलाग्न पूर्वराजा ज्ञानेन्द्रलाई भनेलगत्तै थापाको प्रतिक्रिया आएको हो ।

थापाले सामाजिक संजालमार्फत राजाविरुद्ध आक्रोश होइन सुशासन दिन भनेका छन् । उनले लेखेका छन्,‘प्रम देउवालाई आग्रहः राजा विरुद्ध आक्रोश होईन, सुशासन दिनुहोस् ।न्यायालय हडतालमा छ, संसद अवरुद्ध छ, सरकार

भ्रष्टाचार/सर्वसत्तावादमा लिप्त छ, धर्मपरिवर्तन व्यापक भएको छ, रोजगारीको खोजीमा ४०लाख युवा विदेश पलायन भएका छन्। संघीय गणतन्त्र असफल भैसक्यो। राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ