arrow

शैक्षिक क्षेत्रमा तोडफोड र भय नफैलाउन एनप्याब्सनको आग्रह

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
bus-jalyeko.jpg.jpeg
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन)ले शैक्षिक क्षेत्रमा तोडफोड र आगजनी गरेर भौतिक क्षति एवम् मानसिक भय नफैलाउन आग्रह गरेको छ । 
 
एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विज्ञप्ति निकाल्दै ललितपुरको आइडियल उच्चमाध्यामिक विद्यालयको बसमा आगजनीप्रति ध्यानाकर्षण भएको जनाउँदै आन्दोलनकारीले बन्द हडतालका कार्यक्रम बन्द गरी शैक्षिक मागलाई वार्ता र संवादबाट समाधान गर्न आग्रह गरेका हुन् । 
 
विज्ञप्तिमा विद्यालयमा आगजनीजस्ता सन्त्रासयुक्त वातावरणबाट मुक्त गराउन सरकारसँग माग गर्दै निजी क्षेत्रले शिक्षामा खेलेको भूमिका अझै व्यवस्थित र मर्यादित बनाउन आग्रह गरिएको छ । गत बिहीबार एक समूहले आइडियल स्कुलको बसमाथि आजगनी गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ