arrow

राष्ट्रपतिबाट राजीनामा स्वीकृत, ओली काम चलाउ प्रधानमन्त्री

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
kp-ili.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छन् । राजीनामा स्वीकृत भएसंगै प्रधानमन्त्री ओली काम चलाउ प्रधानमन्त्री भएका छन् । 
 
प्रधानमन्त्री ओलीले आइतबार साँझ संसदमा सम्बोधन गर्नु अघि मात्रै राष्ट्रपति समक्ष राजीनामा दिई आगामी नयाँ सरकार गठनका लागि बाटो खुला गरेका हुन् । ओलीले सम्बोधनका क्रममा आफुले राजीनामा दिइसकेको सदनलाई सुनाएका थिए । 
 
यस्तै, ओलीले आगामी सरकारका लागि शुभकामना समेत दिए । ओलीले आफुले उठाएका मुद्दाहरु र ल्याएका योजनाहरु कार्यान्वयन गर्न नयाँ सरका बनाउन लागेका दलहरुलाई आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ