arrow
ADVERTISEMENT

प्रहरीले सुइँको पाएपछि शैली बदल्दै सुन तस्कर : कहाँबाट ल्याइयो मलद्धारमा लुकाएर सुन ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
gold-pure2.jpeg

काठमाडौँ। नेपालमा सुन तस्करहरूले तस्करीको शैलीलाई अवस्था अनुसार फेरबदल गर्दै गएको पाइएको छ।

प्रहरीले तस्करहरूको एक प्रकारको योजनाको सुइँको पाएपछि तस्करहरूले अर्कै उपाय लगाएर सुन तस्करी गर्ने गरेको पाइएको हो।

तस्करहरूले नेपाललाई ट्रान्जिट बनाएर भारत लैजान सुन तस्करी गर्दै आएको पाइएको छ। केही समय अघिसम्म चीनबाट नेपाल ल्याइने गरेको अवैध सुन पछिल्लो समय हवाई मार्ग हुँदै कतार, दुबई लगायतका मुलुकबाट ल्याइने गरिएको प्रहरी अनुसन्धानले देखाएको छ।

यसरी तस्करहरूले कहिले विभिन्न कपडा तथा सामानहरूमा फल्स बटन बनाएर, कहिले डाइपरमा लुकाएर त कहिले निलेर सुन ल्याउँदै आएका तस्करहरूलाई पक्राउ गर्दै आएको छ। प्रहरीले बुधबार भने मलद्धारमा लुकाएर सुन ल्याइएको अवस्थामा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान साँढे ९ बजे दुबई हुँदै एयर दुबईको फ्लाइटबाट नेपाल आएका भारतीय नागरिक भारतीय नागरिक मोहम्मद जुबेदलाई आधा किलो सुनसहित पक्राउ गरेको थियो। ती व्यक्तिले मलद्धारमा लुकाएर सुन ल्याएको पाइएपछि प्रहरीले निगरानी गरेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जुबेदको हाउभाउ शङ्कास्पद लागेपछि अनुसन्धान गर्दा सुन ल्याएको पाइएको बताए।

‘उनको हाउभाउ, हिँडाइ शङ्कास्पद देखियो, त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्‍यो, उनले मलद्धारमा लुकाएर सुन ल्याएको स्वीकारे,’ विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी बास्तोलाले हाम्रा कुरासँग भने।

उनले सुन तस्करी गरेको स्वीकारेपछि प्रहरीले पानी र चिया खुवाएर शौचालयमा लगी दिशा मार्फत सो सुन निकालेको थियो। सो क्रममा सुनका तीन वटा बिस्कुट भेटिएको हो। त्यसपछि प्रहरी र भन्सारका कर्मचारीकोले उनलाई थप सोधपुछ गरेका थिए।

प्रहरीले हाल ती व्यक्तिलाई भन्सार विभागको जिम्मा लगाइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा सो सुन नेपाललाई ट्रान्जिट बनाएर भारततर्फ लैजान खोजिएको देखिएको र थप अनुसन्धान जारी रहेको प्रहरी बताउँछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ