arrow

रियो ओलम्पिकमा एकै देशका पाँच लभबर्डस् पनि

logo
प्रकाशित २०७३ साउन १० सोमबार
rio-olympic.jpg.jpeg
रियो दि जेनेरियो। ओलम्पिक नयाँ कीर्तिमान बन्ने खानी हो। त्यही खानी यसपटक पनि देखिने छ। खेलाडीले पदक जितेर रच्ने कीर्तिमान त छँदैछ त्यसबाहेक रोचक कीर्तिमान पनि जोडिंदै आएका छन्। यसपटक अष्ट्रेलियाको एक त्यस्तो टिम छ जसमा लभबर्डस् अर्थात् प्रेमीप्रेमिकाको खानी नै। एकै देशका पाँच जोडी जो मैदानमा सधै साथमै रहन्छन्। 
 
को को हुन्. त ती ?
१, रग्बीका दुई खेलाडी चार्लोट कासलिक र लुइस होलाण्ड रियो ओलम्किपमा चुनिएका छन्। २१ वर्षे कासलिक र २३ वर्षे होलाण्ड गत वर्ष अष्ट्रेलियाका उत्कृष्ट पुरुष तथा महिला खेलाडी चुनिएका थिए। दुवैको एउटै उद्धेश्य छ स्वर्ण जित्ने। त्यसो त घरमा यिनीहरु खेलको उच्चारणसमेत गर्दैैनन्।
 
२, पौडीबाज मिच लारकिन र एमिली सीबोहम अर्को जोडी हो। यो जोडी पौडी पोखरीमा संगसंगै देखिन्छ। एमिली दुई पटकका विश्व च्याम्पियन हुन्। उनले मिचसंगको नातालाई पौडी पोखरीभन्दा बाहिर छोडेर जान्छन् अनि कीर्तिमान रच्छन्। एमिली र मिच दुवै जनाबीच आठ महिनादेखि डेटिङ चलिरहेको छ । पौडी पोखरीमा भने यिनीहरु साथी जस्ता हुन्छन्। 
 
३, वाटरपोलोका जोन कटेरिल र निकोला जागेमे अर्को जोडी हो । २८ वर्षीय जोन र २५ वर्षीया निकोला एकैसाथ अभ्यास गर्छन्। निकोलाको यो तेस्रो तथा जोनको यो दोस्रो ओलम्पिक सहभागीता हो। 
 
४, तेक्वान्दोका कार्मेन मार्टन र सफवान खलील अर्को जोडी हो । यो जोडीले ओलम्पिकपछि विवाह गर्ने पक्काजस्तै भएको छ । कार्मेन र सफवान सन् २००२ मा पहिलो पटक रोममा तेक्वान्दो च्याम्पियनसिपका बेलामा भेट भएका थिए। यतिलामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नुअघि दुवैको लक्ष्य स्वर्णपदकमा छ। 
 
५, एमा मोफाट र डेनियल बाँकर अभूतपूर्व जोडी हो। दुवै एकै खेलका हैनन्। ३१ वर्षीया एमा ट्राइएथलेट हुन्। उनी तेस्रो पटक ओलम्पिकमा सहभागीता जनाउने पहिलो अष्ट्रेलियाकी खेलाडी हुन्। त्यस्तै कायाकिङका २८ वर्षे सदस्य हुन् डेनियल । दुवैको एउटै लक्ष्य छ स्वर्ण जित्ने । प्यारले सबै जित्न सकिन्छ भन्छन् क्यार खेल्दा कस्तो खेल्ने हुन् कुन्नी।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ