काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या आएको छ । उनी ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका छन् ।
अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार ब्लड प्रेसर हाइ(रक्तचाप उच्च)भएपछि अस्पताल लगिएको हो ।
दौडधुप, खानपानमा असन्तुलन भएपछि उनीमा समस्या देखिएको चिकित्सकहरुले जनाएका छन् । उनको अवस्था सामान्य नै छ तर केही दिन अस्पतालमै बस्नुपर्ने चिकित्सकहरुको सुझाव छ । उनी शुक्रबारदेखि नै विरामी थिए ।