arrow

विप्लव माओवादी बन्दको नतिजा : चितवनमा औषधि बोकेको ट्रकमा आगजनी

logo
प्रकाशित २०७३ साउन १० सोमबार
truck.jpg.jpeg
रत्ननगर । नेकपा माओवादी नेत्र विक्रम चन्द विप्लब समूहको नेपाल बन्द आब्हानले जनजीवनमा असर परेको छ । बन्दको असर सडकमा बढी देखिएको हो । माओवादी कार्यकर्ताले चितवनको रत्ननगरमा राति औषधि बोकेको ट्रकमा आगजनी गरेका छन् । 
 
करिब १ बजेर ३० मिनेटको समयमा रत्ननगरको निपनी चोकमा आगजनी भएको हो । 
 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको अगाडिको भाग जलेको र केही औषधिमा समेत क्षति पुगेको छ । 
 
चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार वीरगन्जबाट काठमाडाँै औषधि लिएर जाँदै गरेको ना५ख ७४३२ नम्बरको ट्रकमा आगजनी भएको हो । 
 
आगजनी गर्ने समूहको पहिचान नभए पनि आज विप्लव नेतृत्वको माओवादीले बन्दको हल्ला फैलाएकाले उनीहरुले नै जलाएको अनुमान प्रहरीले गरेको छ । 
 
घटनाको अनुसन्धान भइरहेको र आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । समयमै प्रहरी पुगेकाले धेरै क्षति हुन पाएन । 
 
यसैबीच बन्दको हल्लासँगै आज जिल्लामा प्रहरीले बिहानैदेखि स्कटिङमा यातायात सञ्चालन गरेको छ । 
 
चितवन आउने र चितवनबाट जाने सवारीलाई बिहानैदेखि स्कटिङ गरेर गन्तव्यतर्फ पठाइएको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ