arrow

[अपडेट] माओवादी बन्दले मुलुकभर तोडफोड र आगजनी, सुध्रिएनन् विप्लव

logo
प्रकाशित २०७३ साउन १० सोमबार
truck.jpg.jpeg
काठमाडौं । नेकपा माओवादी नेत्रविक्रम चन्द विप्लव नेतृत्वले बन्द आब्हान गरेको नेपाल बन्दले काठमाडौं उपत्यकामात्र होइन मुलुकभरकै जनजीवनमा असर परेको छ ।
 
यसपटक पनि विप्लव तोडफोडमा उत्रिएका छन् । अर्ध भूमिगतमा रहेका विप्लव सजिलै भेटिंदैनन् । तर उनका कार्यकर्ता थुप्रै पक्राउ परिसकेका छन् । बन्दकर्ता आक्रामक भएसंगै काठमाडौंमा दुई वटा ट्याक्सी जनाइए ।
 
त्यस्तै चितवन, तनहुँ लगायतमा पनि ट्रकहरु जलाइएका छन् । 
 
यसपटक संयमित भएर बन्द गर्ने जनाए पनि ‘लाएको बानी कहीं नजानी’ भनेझैं विप्लव पक्ष फेरि आक्रमक भएको हो । 
 
आज मुलुकभरका शैक्षिक संस्था ठप्प भएका छन् । त्यस्तै सरकारी कर्मचारी एवं निजी कार्यालयका मजदुर हिंडेरै गन्तव्यमा पुगेका छन् ।
 
मोटरसाइकल, साइकल हुनेहरु भने सोही अनुसार गन्तव्य पुगेका छन् ।
 
प्रत्यक्ष रुपमा माओवादी कार्यर्ता कमै देखिए पनि मुलुकभरबाट तीन सयका हाराहारीमा कार्यकर्ता पक्राउ परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ