arrow

बन्दमा भड्काउ गतिविधि गर्ने माओवादी कार्यकर्ता धमाधम पक्राउ

logo
प्रकाशित २०७३ साउन १० सोमबार
truck.jpg.jpeg
काठमाडौं । नेकपा माओवादी नेत्रविक्रम चन्द समूहले गरेको बन्दको आंशिक असर परे पनि उश्रृंखल गतिविधि बढी नै भएका छन् । बन्द कर्ताले केही ठाउँमा सवारी साधनमा आगजनी कगरेका छन् भने, केही ठाउँमा तोडफोड गरेका छन् । 
 
उश्रृंखल नगर्ने जनाएपनि बन्दकर्ताले व्यवहार सुधार गरेनन् । देशका विभिन्न ठाउँबाट बन्दकर्ताहरु पक्राउ परेका छन् । यस्तै, काठमाडौं पत्यका लगायत देशका विभिन्न ठाउँबाट ठूलो संख्यामा माओवादी कार्यकर्ता पक्राउ परेका छन् । 
 
दाङमा मात्रै १२ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार तुलसीपुरबाट ६ जना र घोराहीबाट  ६ जना कार्यकर्ता पक्राउ परेका हुन् । नेकपा माओवादी दाङका जिल्ला सेक्रेटरी बलबहादुर ओलीले शान्तिपूर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग गर्दै धरपकट गरेको भन्दै विरोध गरेका छन् ।
 
यस्तै, चन्द समूहका प्रवक्ता खड्क बहादुर विश्वकर्माले राज्यले सुकुम्बासीमाथि ज्यादती गरेको भन्दै आफुहरुले बन्द गराएको र आन्दोलनका कार्यक्रम जारी रहने बताए । उनले बन्द शान्तिपूर्ण भएको जिकिर गरेपनि बन्दकर्ताको व्यवहार त्यस्तो देखिएको छैन । 
 
सरकारले नयाँ नीति तथा कार्यक्रममा बन्द हड्ताल गर्नेलाई क्षतिपूर्ति तिराउने भनेको थियो । सोही अनुरुप सुरक्षा सतर्कता बढाइएको छ । बन्दका नाममा ज्यादती गर्नेलाई कडा कारबाही हुने र क्षति बन्द आह्वानकर्ताले व्यहोर्नु पर्ने सरकारी अधिकारीहरुले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ